मंगलबार, ११ वैशाख २०८१

नेशनल लाईफ इन्स्योरेन्सको हकप्रद बोनसपछि मात्रै जारी हुँने

समयपोष्ट २०७४ साउन २ गते ७:४८

नेशनल लाईफ इन्स्योरेन्सले बोनसपछि मात्रै ६० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुले आगामी ०७५ असारसम्म चुक्तापूँजी दुई अर्ब पुर्याउनु पर्ने निर्देशन जारी गरेपछि कम्पनीले बोनसपछि ६० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको हो । 

Advertisement

कम्पनीले हकप्रद सेयरको अनुपात परिमार्जन गरेर हाल कायम पूँजीको २५ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीले हकप्रद प्रस्ताव दोस्रो पटक परिमार्जन गरेको हो । यसबाट लगानीकर्ताले प्राप्त गर्ने लाभांश र हकप्रदमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साउन २७ गते २९ औ साधारणसभा राखेको छ । कम्पनीको २८ औ बार्षिक साधारणसभाले शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड ४८ लाख रुपैयाँ छ ।  बोनसपछि कम्पनीको पूँजी एक अर्ब ६५ करोड ६० लाखको पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री