बिहीबार, १३ वैशाख २०८१

काठमाडौं महानगरपालिकाले सवारीसाधन अनुसार छुट्टाछुट्टै कर लगायो

समयपोष्ट २०७४ साउन २ गते ६:३१

काठमाडौं महानगरपालिकाले सवारीसाधन अनुसार छुट्टाछुट्टै कर उठाउँने भएको छ । महानगरपालिकाले सवारी अनुसार महानगरभित्र वार्षिक कर ४ सय रुपैयाँ देखि ४ हजार रुपैयाँसम्म उठाउँने भएको हो ।

Advertisement

महानगरले दुई पाङ्गे्र मोटर साइकल ,साइकल, स्कुटर जस्ता सवारी साधनको बार्षिक कर  ४ सय रुपैयाँ तोकेको छ । यसैगरी चार पाङ्गेसवारी साधनहरु कार, जीप, भ्यान ,टेम्पु र ट्याक्टर वा यस्तै सवारीको बार्षिक कर १ हजार तोकेको छ ।

 महानगरले मिनि बस, मिनि ट्रक जस्ता सवारी साधनको वार्षिक २ हजार,ठुला बस, ट्रक वा चार पाङ्गे सवारी साधनको वार्षिक ३ हजार र हेभी गाडी, डोजर क्रेन वा यस्तै सवारी साधनको वार्षिक ४ हजार रुपैयाँ तोकेको छ ।

 महानगरले अन्य सवारी साधनकाको वार्षिक १ हजार विधुतीय उर्जाबाट र कृषि कार्यमा सञ्चालन हुने सवारी साधनका हकमा तोकिएको  दरको पचास प्रतिशत छुट दिने भएको छ ।

महानगरले यसअघि सवारी कर तोकेपनि कसरी उठाउँने भन्ने अन्यौलले उठाउँन सकेको थिएन । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री