शुक्रबार, ७ वैशाख २०८१

द्वन्द्वपीडितले राहत रकम पाए

समयपोष्ट २०७४ साउन २ गते ५:१२

म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । 
जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो । 
यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट रु पाँच लाख थप गरेर १० लाख पु¥याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । 
यसैगरी, द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि डेढदेखि साढे दुई लाख रुपैयाँ थप रकम दिएर रु १० दश लाखको राहत प्याकेज पूरा गरिएको छ । सरकारले घोषणा गरेको एक दशकपछि द्वन्द्वपीडितले विभिन्न चरणमा पूरा राहत रकम पाएका हुन् । ८९ लाई पाँचपाँच लाख, चारलाई एक लाख ५० हजार र एकजनाको आफन्तलाई रु दुई लाख ५० हजार वितरण गरिएको छ । 
स्थानीय शान्ति समिति र प्रशासनको सिफारिसअनुसार द्वन्द्वकालमा विस्थापित भएका २९ जनाको नाममा रु २५ हजारका दरले बजेट आए पनि २१ जनाले मात्र रकम बुझेका छन् । चारजना विस्थापितले यसअघि नै राहत पाइसकेका थिए । बेपत्ताको सूचीमा रहेका बरञ्जाका भीमप्रसाद भट्टचनका आफन्त कोही पनि सम्र्पकमा नआएपछि वितरण हुन सकेन । 
यसैगरी, द्वन्द्वकालमा अङ्गभङ्ग भएका एक जनाले मासिक रु १२ हजार ४०० र चार जनाले छ हजार २०० का दरले जीवन निर्वाह भत्ता पाएका छन् । द्वन्द्वकालमा अभिभावक गुमाएका १८ वर्षमुनिका तीन जनाले मासिक रु पाँच हजारका दरले पूरै वर्ष र पछि सिफारिस भएका एक जनाले चार महिनाको सहयोग पाएका छन् । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिएको प्रशासनका लेखापाल विष्णुप्रसाद पौडेलले बताए । रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री