मंगलबार, १७ असार २०८२

बाढीले तराईका खेतीयोग्य जमिन डुबानमा

समयपोष्ट २०७४ असार ३० गते ९:५१

सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ । 

Advertisement

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अधिकांश खेतीयोग्य जमिन डुबानमा परेको छ । धानबाली डुबेर नष्ट भएको छ । खेतमा बालुवा र गिट्टी तथा पागोमाटो थुपारिएको छ । 

मोेहुली खोलामा आएको बाढीले तिरुहुत गाउँपालिकाको मैना कडेरी, भेडिया, त्रिकोल, पिपराहीलगायत गाउँमा धानखेत डुब्नुको साथै बाढीले ठाउँ ठाउँमा कटान गरेको छ । सयौँ बिगाहामा लगाइएको धानबाली नष्ट भएको स्थानीयवासी बिना तिवारीले बताए । 

यस्तै कञ्चनरुप नगरपालिका र हनुमानगर कङ्कालनी नगरपालिकाको बैरवा, बदगामा, बरमझिया, पोर्ताहा, भारदह, सकरदही, हनुमानगर, इनरुवा, मधुवापुर, डलुवा, रम्पुरा मलहनीयालगायत गाउँमा बाढीले धानबालीमा क्षति पुगेको हनुमानगर कङ्कालनी नगरपालिका– २ का श्यामसुन्दर खडकाले बताए ।  

हनुमाननगर कङ्कालनी नगरपालिका– ९, १०, ११, १२ र १४ वडाको सयौँ बिगाहा जमिन डुबानमा परेको छ । धानबालीसमेत नष्ट भएको छ । जिल्लाको खाँडो र बलान खोलामा आएको बाढीले सकरपुरा, तिलाठी, लोनियालगायत गाउँ डुबानमा परेका छन् । रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री