नेपालको व्यापार प्रवद्र्धन गर्न श्रीलङ्कामा कार्यक्रम
समयपोष्ट
२०७४ असार २८ गते ३:५५
द्विपक्षीय हित र आपसी सम्बन्धका साथै व्यापारलाई टेवा पुर्याउने उद्देश्यले श्रीलङ्कामा रहेको नेपाली दूतावासको आयोजनामा श्रीलङ्कामा एक कार्यक्रम सम्पन्न भएको छ ।
‘नेपाल–श्रीलङ्का दुईक्षीय सम्बन्धः निर्यात प्रोत्साहन उदाउँदो मुद्दा’ विषयको कार्यक्रममा श्रीलङ्काका लागि नेपालका राजदूत प्रा विश्वम्भर प्याकुरेलले श्रीलङ्कामा निर्यात गर्न सकिने नेपाली वस्तुको सम्भावनाका बारेमा प्रकाश पारे ।
राजदूत प्याकुरेलले नेपालमा विदेशी लगानीको अवसर र सोसम्बन्धी नीतिका बारेमा जानकारी गराउँदै नेपाल र श्रीलङ्काबीचको वर्तमान व्यापारको अवस्थाका बारेमा बताएका थिए ।
कार्यक्रममा श्रीलङ्का सरकारका मन्त्री, दूतावासका उच्च अधिकारी, उद्योग व्यापारसम्बन्धी सरकारी अधिकारी, उद्योगी एवम् लगानीकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया