शनिबार, ८ वैशाख २०८१

शेयर बजार ९.७९ अंकले बढेर नेप्से १५८५.०१ मा पुग्यो,झण्डै एक अर्बको कारोबार

समयपोष्ट २०७४ असार २७ गते ११:४८

मौद्रिक नीति आएपछि सोमवार घटेको शेयर बजारमा मंगलाबार भने ९.७९ अंकले बढेर कारोबार मापक सूचक १५८५.०१ मा पुगेको छ।  

Advertisement

मंगलवार १४९  कम्पनीका १९  लाख ३०  हजार कित्ता शेयर किनबेच भयो भने कारोबारमा आएका सबै उपसुचक बढेका छन्। बैंक ७.९५, होटल ३५.२८, विकास बैंक १३.४८, जलबिद्युत १५.०८, फाइनान्स ७.५२, बीमा ६०.७९, उत्पादनमुलक ०.६८ र अन्य २.३१ अंक बढेको छ। 
सबैभन्दा बढि फर्वार्ड माइक्रो फाइनान्सका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् भने नेशनल लाईफ इन्स्योरेन्सका शेयर धनीले सबैभन्दा बढि करिब १० प्रतिशतनै गुमाएका छन्।
मंगलवार कारोवारको आधारमा  नबिल बैंक संस्थापक पहिलो र नेशनल लाइफ इन्स्योरेन्स संस्थापक दोस्रो स्थानमा छन । नबिल बैंक संस्थापकको २४ करोड ६१ लाख र नेशनल लाइफ इन्स्योरेन्स संस्थापकको ९ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  मंगलवार झण्डै एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री