बिहीबार, १३ कार्तिक २०७७

स्ट्रङ्ग बियर टुबोर्ग क्लासिक विथ स्कच माल्ट्स जनकपुरमा पनि सार्वजनिक

समयपोष्ट २०७४ असार २७ गते ५:००

ब्रुअरीले केही समयअघि काठमाडौं, पोखरा र नारायणगढमा सार्वजनिक गरेको स्ट्रङ्ग बियर टुबोर्ग क्लासिक विथ स्कच माल्ट्स जनकपुरमा पनि सार्वजनिक भएको छ । गोर्खा ब्रुअरीले सोमवार जनकपुरको सीता शरण होटलमा एक कार्यक्रम आयोजना गरी उक्त बियर  सार्वजनिक गरेको हो ।

Advertisement

‘हाम्रो उद्देश्य भनेको हाम्रा उपभोक्तालाई  विश्वस्तरको स्वाद छनोट गर्ने अवसर प्रदान गर्नु हो,’ कार्यक्रममा गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले  भने, ‘हामीले काल्सबर्ग समूहका सहकर्मीसँग सहकार्य गरी विशेष रेसिपी तयार पारेका छौं, यसले नेपाली उपभोक्तामाँझ विशेष तथा उत्कृष्ट स्वाद छनोट गर्न सहयोग गर्छ ।’ प्रिमियम स्कच माल्ट्स र चुनिएको जडिबुटीका साथ तयार परिएको टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर प्रेमीलाई फरक प्रिमियम स्वाद प्रदान गर्ने उनको भनाइ थियो ।

स्ट्रङ्गर एण्ड स्मुदर’ ट्याग लाइनका साथ ल्याइएको बियरमा ६ दशमलवल ५ प्रतिशत अल्कोहलको मात्रा रहेको छ । बियरको ६५० एमएल बोतलको बजार मूल्य ३ सय १० रुपैयाँ तोकिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री