बिहीबार, १३ वैशाख २०८१

निर्वाचन आयोगले श्रावण १ गतेदेखि मतदाता नामावली संकलन गर्ने

समयपोष्ट २०७४ असार २६ गते ७:४०

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन समाप्तीसंगै प्रादेशिक र संसदीय निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । 

Advertisement

आयोगले श्रावण १ गतेदेखि प्रादेशिक र संसदीय निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको हो ।

आयोगका अनुसार मतदाताले श्रावण १ गतेदेखि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगि मतदाता नामावलीमा नाम लेखाई प्रादेशिक र संसदीय निर्वाचनमा मताधिकार प्रयोग गर्न सक्नेछन् । 

मतदाता नामावली संकलन ७ प्रदेश अन्र्तगतका ७५ वटै जिल्लाबाट  श्रावण १ गतेदेखि  सुरु हुँनेछ । आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेस गराएका मतदाताले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा भने सहभागि हुनसक्ने छैनन् ।

मतदाता नामावली संकलन कार्यक्रम सरकारले अर्को चुनावको मिति घोषणा नगरेसम्म जारी रहने आयोगले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री