बिहीबार, १३ वैशाख २०८१

मदन पुरस्कार ०७३ का दाबेदार नौ कृति कुन कुन हुन् ?

समयपोष्ट २०७४ असार २६ गते ६:२७

मदन पुरस्कार गुठीले ०७३ सालमा निस्किएका कृतिहरुमध्येबाट उत्कृष्ट नौ पुस्तकहरुको सूची  सार्वजनिक गरेको छ । गुठीले बिज्ञप्ती जारी गर्दै पुरस्कारको दाबी गर्ने  १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनौट गरी सार्वजनिक गरिएको जनाएको छ ।   

Advertisement

गुठीका अनुसार ‘श्रेष्ठ सूची’ छनौट गर्न गठन गरिएको समितिले नौ पुस्तक मदन पुस्कारका लागि छनौट गरेको हो ।  मनोनयनमा परेका यिनैमध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइने गुठीले जनाएको छ ।   

विगतमा सिधै विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो । गत वर्ष ७ पुस्तकको श्रेष्ठ सूची निकालेको गुठीले यसपाली नौ पुस्तकको सूची निकालेको छ । 

यसपाली मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेका नौ कृतिहरुको सुची तल दिईएको छ :

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा (इतिहास/सम्पदा) – पुरूषोत्तमलोचन श्रेष्ठ

२) छाउघर (उपन्यास) – राज सरगम

३) तपन (उपन्यास) – शरद पौडेल

४) दोहाको सीधा उडान (नियात्रा) – जय छाङ्छा

५) धृतराष्ट्र (खण्डकाव्य) – घनश्याम कँडेल

६) प्रतिनायक (कथासंग्रह) – हरि अधिकारी

७) म स्त्री अर्थात् आइमाई (कवितासंग्रह) – सीमा आभास

८) शुक्रराज शास्त्रीको चस्मा (कथासंग्रह)- राजेन्द्र पराजुली

९) सगरमाथाको गहिराइ (कवितासंग्रह) – नवराज पराजुली

प्रतिक्रिया

सम्बन्धित सामाग्री