शुक्रबार, ७ वैशाख २०८१

मौद्रिक नीति : उत्पादनमुलक क्षेत्रमा २५ र अटो लोनको सीमा ६५ प्रतिशत (पूर्णपाठ सहित)

समयपोष्ट २०७४ असार २५ गते १०:५२

आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नितिमा कुल कर्जाको २५ प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ।  राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । नयाँ नीति अनुसार कृषि क्षेत्रमा १० प्रतिशत, उर्जा, पर्यटन र अन्य क्षेत्रमा ५/५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । 

राष्ट्र बैंकले जलविद्युत, कृषि, पर्यटन, साना तथा मझौला उद्योग, औषधी, गार्मेन्ट उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा पनि राखेको छ । यस्तै, पुर्नकर्जाको व्यवस्थालाई करिव दोव्वर वनाएको छ । १० अर्व ८४ कोडको पुकर्जा सुविधालाई वढाए २० अर्व पु-याएको हो । 

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी नपु-याए कारवाही गर्ने नीति लिएको छ । तोकिएको समयमा चुक्ता पुँजी नपु¥याउनेलाई फोर्स मर्जर सहित नगद लाभाशं वितण, शाखा विस्तार, नयाँ निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाउने नीति लिएको हो । यस्तै 'अटो लोन' को सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याएको छ, जस अनुरुप अब नयाँ गाडी किन्दा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ। 

मौद्रिक नीतिको पूर्णपाठ हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री