आइतबार, ९ कार्तिक २०७७

जनताकै लगानीमा जलविद्युत आयोजना बनाउन सकिन्छः कुलमान

समयपोष्ट २०७४ असार २४ गते १२:१२

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाली जनताकै लगानीबाट जलविद्युत आयोजनाहरू बनाउन सकिने बताएका छन् । 
योजनावद्ध ढंगले अघि बढेमा नेपालमा प्रशस्त जलविद्युत् आयोजनाको संभावना रहेको भन्दै उनले ती आयोजना नेपालीकै लगानीमा सम्पन्न गर्न सकिने बताए ।
शनिबार रामेछाप काठमाडौं पत्रकार समाजले काठमाडौंमा गरेको अन्तर्क्रियामा प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई साकार बनाउदै योजनावद्ध रुपमा नेपालीकै लगानीमा जलविद्युत् आयोजनाहरू निर्माण गर्न सकिने बताए। 
उनले नेपालीको साथै विदेशी लगानी भित्र्याउनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए ।
विद्युत् उर्जामा आत्मनिर्भर हुँदै निर्यात गर्नका लागि विद्युत् र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा प्राधिकरणका प्रमुख घिसिङले जोड दिए । उनले लोडसेडिङको अन्त्य भए पनि गुणस्तरीय आपूर्ति, विद्युत् बचत, भोल्टेज अपडाउन, लगायत विषयमा अझै सुधार नआइसकेको बताए ।
एउटै कोठामा बसेर सहरभरीको ग्राहकको बत्तिको स्विच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत् उर्जाको बचतको साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट वन्चित हुनुनपर्ने उनको तर्क थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री