शुक्रबार, १४ वैशाख २०८१

नेपाल–चीनबीच औद्योगिक क्षेत्रको विकासमा सहकार्य गर्ने समझदारी

समयपोष्ट २०७४ असार २३ गते १०:५८


नेपाल–चीनबीच वैदेशिक लगानी भित्र्याउन उचित वातावरण बनाउने उद्देश्यका साथ औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
शुक्रबार काठमाडौंमा उद्योग मन्त्रालयका निमित्त सचिव गोपीकृष्ण खनाल र चीनका उद्योग तथा वाणिज्य राज्य प्रशासनका उपमन्त्री झेन्ग्क्वीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारी पत्रमा दुवै देशबीच उद्योग दर्ता, स्थापना, संचालन र लगानीका लागि आवश्यक वातावरण बनाउने उल्लेख गरिएको छ । दुई देशमा उद्योग दर्ता, स्थापना, संचालन र त्यसका लागि आवश्यक वैदेशिक लगानी भित्रयाउने गरी नेपाल–चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।
 चीनले नेपालमा उद्योग संचालन गर्ने र त्यसका लागि वैदेशिक लगानी भित्रयाउने वातावरणको आवश्यक्तामा जोड दिँदै आएको थियो । नेपाल–चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी भएसँगै दुवै मुलुकमा निर्वाधरुपमा उद्योग दर्ता, स्थापना र संचालन गर्ने वातावरण बनेको छ । 
लगानीका लागि पनि आवश्यक वातावरण बनाउन समझदारीले थप सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरिएको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले ‘नेपाल–चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी उद्योग मन्त्रालयका सचिवलाई दिएको थियो ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री