शनिबार, ८ वैशाख २०८१

फोन गरेर चिन्यौ ?, चिन्यौ ?  भन्यो भने मलाई एकदम रिस उठ्छ

समयपोष्ट २०७४ असार २३ गते ९:४९

आफ्नो परिचय कसरी दिनुहुन्छ ?
म नेपाली चेली हुँ । मेरो एकदमै च्यालेन्जिङ काम गर्न रुचाउने स्वभाव छ । मैले गरेका काममा नेपाली नारीहरूले पनि प्रतिनिधित्व गर्न सकून् भन्ने चाहना राख्ने केटी हुँ म । 

Advertisement

यो अवस्थासम्म आउन गरेको सङ्घर्षलाई कसरी सम्झनुहुन्छ ?
त्यो त म जहिले पनि सम्झिन्छु । म कहिल्यै पनि त्यो चिज भुल्दिनँ । किनभने म टुप्पोबाट पलाएकी होइन । म जराबाट उम्रिएकी हुँ । मैले गरेको स्ट्रगल, मैले भोगेको रिजेक्सन, मैले देखेको त्यो कम्प्लिकेसन्सहरू  सधैंभरी सम्झिरहने छु । चाहे म यो भन्दा धेरै हाइटमा पुगौ वा इन्टरनेशनल मार्केटमा छाउँ हरेक चिज जेमा पनि म सम्झिरहनेछु । 

हिरोइन हुने रहर कहिलेदेखि पलायो ?
आई अल्वेज वान्टेड टु बी एन याक्टर्स हिरोइन होइन । बच्चैदेखि म हिरोइन बन्न चाहान्थेँ तर अहिले बुझ्दा म याक्टर्स बन्न चाहन्थे । 

कसको प्रेरणाले यहाँसम्म आइपुग्नुभयो ?
मेरो मम्मी । उहाँले नै मलाई सपोर्ट गर्नुभएको हो । 

binita 2

फिल्म क्षेत्रमा कत्तिको कम्परमाईज गर्नुपर्ने रहेछ ?
कम्प्रमाइज धेरै चिजमा हुन्छ । तर, मैले गरेको कम्प्रमाइजभन्दा पनि रिजेक्सन सहनुप¥यो । कम्प्रमाइज गर्नुपर्नेे माहोलमा म पुगिनँ । किनभने मलाई मोडलिङमा राम्रो गाइडेन्स थियो । म एउटा स्टाब्लिस मोडल थिएँ र म जोसँग गएर पनि राम्रो बोल्न, डिल गर्न सक्थेँ । बरु मलाई रिजेक्ट गर्दिनुहुन्थ्यो उहाँहरूले । त्यो वातावरण क्रियट गर्ने मौका नै दिइनँ । मैले कि उहाँहरूले मसँग कम्प्रमाईजसम्मको कुरा सक्नुहोस् । 

केटाको कुन अंगले तपाईं आर्कषित हुनुहुन्छ ?
केटाहरूको अंगभन्दा पनि उनीहरूको व्यवहारले मलाई आकर्षित गर्छ । अझ मलाई भन्दा पनि मेरो साइडमा बसेको मान्छेलाई कुन व्यवहार गर्छ, त्यो व्यवहारले मलाई अट्रयाक्क गर्छ ।  

बिहेअघिको सेक्स राम्रो हो या होइन ?
इट्स हेल्दी । तर यसलाई राम्रोसँग युज गर्नुपर्छ । यसलाई मिसयुज गर्नथाल्यो भने यही चिजले जिन्दगी नै बर्बाद पार्छ । आफ्नो अन्डरस्ट्यान्डिङमा भोलि विवाह गर्ने पक्का छ भने वा सेफ सेक्स हुन्छ भने द्याट ईज नट ए क्राइम । 

binita baral 4

कति वर्षको उमेरमा फिजिकल रिलेसन राख्नु राम्रो ?
मिनसुरेसन पिरियड स्टार्ट भएपछिको स्टेज राम्रो हो । जतिबेला एडल्ट भइन्छ । मेरो विचारमा पच्चीस वर्ष क्रस भइसकेपछि बेटर होला । किनभने त्यतिबेला माच्युरिटी आइसकेको हुन्छ । 

निलो फिल्म हेर्नुभएको छ ?
हेरेकी छु । हेर्दिन भन्दा पनि हेर्न बाध्य भएकी छु । 

प्रेम के हो ?
एउटा विश्वास हो । 

पहिलो कमाइ केमा खर्च गर्नुभयो ?
भगवानलाई चढाएँ अनि आफूलाई आवश्यक पर्ने सामानहरू किनेँ । 

तपाईंको विचारमा जीवन के हो ?
जीवनलाई जसरी परिभाषित गर्यो, त्यस्तै भइदिन्छ । आजको लागि मेरो जीवन सक्सेस हो । हिजो मेरो जीवन स्ट्रगल मात्र थियो । यसको परिभाषा चेन्ज भइरहन्छ । 

binita 3

गहिरो पश्चाताप कहिल्यै छ ?
धेरैपटक गरेकी छु । त्यस्तो धेरै मिस्टेक गरिन्छ तर आई डन्ट रिमेम्बर कि यस्तै ठूलो पश्चाताप मैले गर्नुप¥यो भनेर पछुतो लागेको छैन । 

तपाईं आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
चपली हाईट सुपर हिट हुँदा निकै खुसी लागेको थियो ।

नेपालको कुन ठाउँमा गएर समय घुम्ने मन छ ?
सबै ठाउँमा जाने इच्छा छ । इलाम, आछाम, यस्तै गाउँगाउँ घुम्न जान पाए हुन्थ्यो । 

झुट कत्तिको बोल्नुहुन्छ  ?
बोल्छु तर मैले कसैको जिन्दगी बर्बाद हुने, घरबार बिग्रने झुट बोलेकी छैन । 

साँझपख कुनै युवकले ब्लफ कल गर्यो भने तपाईं के भन्नुहुन्छ ?
साँझपख मात्र होइन, मलाई ब्लफ कल सधैं आउँछ । मलाई वाक्क लाग्छ । 

तपाईंलाई सबैभन्दा रिस उठाउने कुरा ?
फोन गरेर चिन्यौ ? चिन्यौ ?  भन्यो भने मलाई एकदम रिस उठ्छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री