शनिबार, ८ वैशाख २०८१

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

समयपोष्ट २०७४ असार २२ गते ३:३४

लुम्बिनी विकास बैंकको संचालक समितिका नवनियुक्त अध्यक्ष सुशिल राज पराजुलीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको समुपस्थितिमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम अध्यक्ष पराजुलीले बुधवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
साविकका भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. तथा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कं. लि. एक आपसमा गाभिई बनेको राष्ट्रियस्तरको लुम्बिनी विकास बैंक लि. मा नयाँ संचालक समितिको गठन भएको हो । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री