नेप्से ३.०१ अंकले घटेर १५४१.२८ विन्दुमा झर्यो
समयपोष्ट
२०७४ असार २० गते ९:५२
मंगलबार नेप्से ३.०१ अंकले घटेर १५४१.२८ विन्दुमा पुगेको छ । मंगलबार कुल १४२ कम्पनीको ३७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।मंगलबार बैंक २.०६, विकास बैंक ४.०१, जलबिद्युत १३.४८, बीमा ३३.३६ र उत्पादनमुलक समुहका परिसुचक ३.२६ अंकले घटेका छन् ।
होटल १५.३४ र फाइनान्सको परिसुचक ०.११ अंकले बढेका छन् भने अन्य समूहमा कुनै परिवर्तन आएन ।
मंगलबार फर्वार्ड माइक्रोफाइनान्सका सेयरधनीले करिब नौ प्रतिशत कमाएका छन् भने सिर्जना फाइनान्सका शेयर धनीले करिब ६ प्रतिशत गुमाएका छन् ।
प्रतिक्रिया