बिहीबार, १५ चैत २०८०

खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घट्यो, कुनमा कति घट्यो ?

समयपोष्ट २०७४ असार १८ गते १३:५४

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 
निगमले आईतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २ / २ रुपैयाँ  र खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको हो । 
नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ र  ग्यासको मूल्य १३ सय ५० कायम भएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।
यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ । अब हवाइ भाडा समायोजन पनि हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । यस अघि असार २ गते पनि निगमले मूल्य घटाएको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री