शनिबार, ८ वैशाख २०८१

लगानीका अवसर बृद्धि भएकाले बैंकसँग पैसा अभाव हुने

समयपोष्ट २०७४ असार १८ गते ७:३७

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले संघीय संरचनाले लगानीका अवसर बृद्धि भएकाले बैंकसँग पैसा अभाव हुने बताएका छन् । आइतबार महालक्ष्मी विकास बैंकले यति डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा गभर्नरले गाउँगाउँमा बजार बिस्तार हुन लागेकाले बैंक तथा वित्तीय संस्थालाई अहिलेको पूँजी अभाव हुनसक्ने बताएका हुन् । 

Advertisement

कार्यक्रमा गभर्नर नेपालले भने,'बैंकको पूँजी अझै अभाव हुन्छ भन्ने देखिएको छ। 'दूई बर्षअघि पूँजी चार गुणाले बढाइयो' उनले भने, 'स्थानी तहको संरचनाका कारण बढेको पूँजी पनि अभाव हुने देखिएको छ।' 

कार्यक्रमा गभर्नर नेपालले स्थानीय तह गठनसँगै बजार बढेकाले बैंकहरुको लगानीको क्षेत्र बृद्धि भएको उल्लेख गरे । उनले लगानीलाई ब्यापक बनाउँदै जोखिम लिनसक्ने क्षमता बृद्धि गर्न आफूले पूँजी बृद्धिको नीति लिएको जानकारी समेत दिए । उनले भने, 'जोखिम लिन सक्ने क्षमता बृद्धिका साथै लगानी सुदृढ गर्नका लागि दुई बर्षअघि पूँजी बृद्धि योजना ल्याइएको हो।'

नेपालले अबका दिनमा राष्ट्र बैंकले नियमनभन्दा पनि सुपरीवेक्षणमा बढि ध्यान दिने बताउँदै राष्ट्र बैंकको सुपरिवेक्षणमा कडाइ गर्ने भएकाले सञ्चालक समितिले ब्यवस्थापनलाई हस्तक्षेप गर्ने काम बन्द गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री