शुक्रबार, १४ वैशाख २०८१

महालक्ष्मी चुक्ता पुँजी पुर्याउँने पहिलो विकास बैंक बन्न सफल

समयपोष्ट २०७४ असार १८ गते ६:११

महालक्ष्मी विकास बैंक राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउँने पहिलो विकास बैंक बन्न सफल भएको छ । यती डेभलपमेन्ट बैंकसंग गाभिएसंगै बैंकको लागि आवश्यक चुक्त पुँजी २ अर्ब ५० करोड पुरा भएको हो । 

Advertisement

महालक्ष्मी र यती डेभलपमेन्ट बैंक एक आपसमा गाभिएपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड पुगेको छ । यसैगरी बैंकले मर्जर पश्च्यात आईतबारबाट महालक्ष्मी विकास बैंकको नामबाट एकिकृत कारोबार समेत थालेको छ ।

मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड ,शाखा सञ्जाल ६५ , ग्राहक संख्या ३ लाख ६४ हजार ३ सय ५९ पुगेको छ । दुबैं संस्थाको चैत मसान्तसम्मको खुदनाफा ६७ करोड ७४ लाख रुपैयाँ छ । मर्जरमा स्वाप रेसियो १:१ कायम गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री