शुक्रबार, १४ वैशाख २०८१

प्रियंका र निकको विवाह फिक्स, बेलायती राजकुमारी मेगनले दिईन् यस्तो सुझाव

समयपोष्ट २०७५ साउन १५ गते ७:१३

अमेरिकी गायक निक जोनस र प्रियंका चोपडाको विवाह सेप्टेम्बरमा हुने भएको छ । गत जुलाई १८ तारिखमा यो जोडीले इन्गेजमेन्ट गरेको थियो । ताजा जानकारी अनुसार दुबैको विवाह निकको जन्मदिन अर्थात् सेप्टेम्बर १६ तारिखमा हुने बताइएको छ ।

Advertisement

यसैबीच प्रियंकाकी नजिककी साथी र बेलायत राजकुमार ह्यारीसँगको विवाहपछि राजकुमारी बनेकी मेगन मर्केलले प्रियंका र निकलाई शुभकामना दिँदै उनीहरुलाई चाँडै नै उत्कृष्ट, सुन्दर र प्रतिभाशाली बच्चा जन्माउन सल्लाह दिएकी छिन् ।

प्रियंकाको ब्राइड्समेट बन्न चाहन्छिन् मेगनः

प्रियंका चोपडा र निकको विवाहका लागि मेगन निकै उत्साहित छिन् । मेगनका अनुसार प्रियंका अमेजिङ पर्सनालिटी भएकी महिला हुन् र उनका लागि निक बेस्ट छन् । उनलाई लाग्छ कि यो हट जोडी विवाहपछि थप शानदार हुनेछन् । मेगन प्रियंकाकी नजिककी साथी हुन् । उनले आफ्नो विवाहमा प्रियंकालाई पनि निम्तो दिएकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री