शुक्रबार, १४ वैशाख २०८१

दूतावासबाटै भिसा लगाइदिन आग्रह

समयपोष्ट २०७५ साउन १२ गते २:०४

दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् ।

Advertisement

आजको कान्तिपुरमा यो समाचार छ, जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी गन्तव्य मलेसिया कहिले खुल्छ त ? यसको ठ्याक्कै जवाफ न नेपाल सरकारले दिएको छ न त मलेसिया सरकारले ।

किन रोकियो ?

श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् । पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।

कहिले खुल्ला ?

नेपालले कामदार पठाउन रोकेपछि मलेसियाका रोजगारदाता कम्पनी खुलाउन लागिपरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष रोहन गुरुङ भन्छन्, ‘रोजगारदाताले झन्डै १५ हजार नेपाली कामदारको भिसा पठाइसकेका छन् । कामदार लैजाने वातावरण बनाउन मलेसिया सरकारलाई दबाब दिइरहेका छन् ।’

मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन जुलाई १९ तारिखमा कार्यवाहक राजदूत कुमार खरेललाई भेट्न नेपाली दूतावास पुगेका थिए । छलफलमा मन्त्री कुलासेगरनले नेपाली कामदारले भोग्दै आएका समस्या व्यवस्थापन गर्न मलेसिया सरकार तयार रहेको बताए ।

नेपालले अघि सारेको विकल्प

नेपालले कामदारलाई आर्थिक भार नपर्ने गरी काठमाडौंमा रहेको मलेसियाली दूतावासले राहदानी बुझेर भिसा लगाइदिने व्यवस्था गर्न सक्ने विकल्प अघि सारेको छ । यस्तो प्रस्ताव मलेसिया सरकारसमक्ष राखिसकिएको कार्यवाहक राजदूत खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री