शुक्रबार, ७ वैशाख २०८१

निक्षेपको ब्याज मात्र खान पल्केका चार म्युचुअल फण्डलाई धितोपत्र बोर्डले थाल्यो कारवाही

समयपोष्ट २०७५ साउन ११ गते ५:५१

नेपाल धितोपत्र बोर्डले तोकिएको सीमाभन्दा बढि निक्षेप बैंकमा जम्मा गर्ने सामूहिक लगानी कोष योजनाका ब्यवस्थापकहरुसँग स्पष्टीकरण सोधेको छ । बोर्डले सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचल फण्ड-१ को योजना ब्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्डअन्तर्गतको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ र एनएमबी हाइब्रिड फण्ड-१ को योजना ब्यवस्थापक एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड-१ को योजना ब्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआइसी एसिया म्युचुअल फण्डअन्तर्गतको एनआइसी एसिया ग्रोथ फण्डको योजना ब्यवस्थापक एनआइसी क्यापिटललाई स्पष्टीकरण सोधेको हो। यस बारेमा बोर्डले स्थलगत निरिक्षणसमेत गरेको थियो । स्थलगत निरीक्षण गर्दा म्युचुअल फण्डहरुले गैरकानूनी ढङ्गले लगानी गरेको पाइएको बोर्डले जनाएको छ ।

Advertisement

यी कम्पनीबाट सञ्चालित योजनाले बोर्डमा पेस गरेको मासिक खुद सम्पति सम्बन्धि विवरण अनुसार, ती योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढि हुने गरि लगानी गरेको देखिएको हो ।

निक्षेप बढि राखेको पाइएपछि १५ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ मा म्युचुअल फण्डहरुले विविध शिर्षकमा गर्न पाउने लगानीको सीमा तोकेको छ ।

जस अन्तगर्त (ङ) नम्बर बुँदामा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी सीमाभित्र रहि लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री