बिहीबार, १३ वैशाख २०८१

आजदेखि मन्त्रिपरिषद् बैठक कागजबिहीन,मन्त्रीको हातमा म्याकबुक ऐर

समयपोष्ट २०७५ साउन १० गते १५:३०

मन्त्रिपरिषदले कागजको ठाउँमा म्याकबुक ऐरको प्रयोग गर्न थालेको छ । मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नितिअनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन् ।

Advertisement

बिहिबारको मन्त्रिपरिषद् बैठकमा यही अभ्यानअनुसार प्रधानमन्त्रीसहितका मन्त्रीहरुले म्याकबुकको प्रयोग गरे ।

मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो । सोहि अनुसार आजको बैठकमा पहिलो पटक कागज प्रयोग गरिएन ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री