शुक्रबार, १६ चैत २०८०

कानुनमन्त्री तामांगपछि पदबाट हट्ने पालो अब प्रसाईको

समयपोष्ट २०७५ साउन १० गते १०:३१

बीएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईविरुद्ध उजुरी परेको छ । प्रसाईंमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गराएको हो ।

Advertisement

प्रसाईंले १४ महिनाअघि गरेको एक पत्रकार सम्मेलनमा डाक्टर पढ्न बंगलादेश जाने छात्राहरूलाई त्यहाँका शिक्षकहरुले करणी गरेर नौ वर्षसम्म राख्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला नेविसंघले आयोगमा उजुरी दिएको हो । महिलाहरूको अस्मिताविरुद्ध बोल्नेलाई कारबाही माग गर्दै ज्ञापनपत्र दिइएको नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बताइन् ।

उजुरी दिएको बारेमा नेविसंघले विज्ञप्ती पनि निकालेको छ । उसले प्रसाईलाई कारबाही नगर्ने हो भने उनको मनपरी अझै बढ्ने जिकिर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री