शनिबार, १५ वैशाख २०८१

सरकार र डा. केसी पक्षबीच वार्ता शुरु, अनशन तोडिने सम्भावना कति ?

समयपोष्ट २०७५ साउन १० गते ९:४१

सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीच वार्ता शुरु भएको छ । गएराति र आज महध्याह्नसम्म विभिन्न चरणमा गृहकार्य भएपछि सिंहदरबारमा पुनः वार्ता शुरु भएको हो । वार्ताअघि सरकारी वार्ता टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको कार्यकक्षमा बसेर केसीसँग गर्ने सहमतिको मस्यौदाबारे छलफल गरेको थियो ।

Advertisement

नेकपाका नेता राजन भट्टराईले फेसबुकमार्फत् नै केसीसँगको वार्ता निष्कर्षउन्मुख रहेको बताइसकेका छन् । बाहिरी पक्ष हावि नभए आजै सहमतिमा पुगेर अनशन तोडिने उनको भनाइ छ ।

माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने लगायतका मागसहित डा.केसीले अनशन शुरु गरेको २७ दिन पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री