बिहीबार, १३ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रदमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७५ साउन १० गते ६:२५

प्रभु इन्स्योरेन्सले जारी गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ८ गतेदेखि चुक्ता पूँजीको ४६ प्रतिशत हुन आउने ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

Advertisement

हकप्रद प्रयोजनका लागि कम्पनीले गत जेठ १४ गते शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । शेयरधनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि प्रभु क्यापिटलको कार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री