बिहीबार, १५ चैत २०८०

न्युरोडबाट १ किलो सुन निकालेर हिडेका सुन ब्यापारी गोङ्गबुको होटलभित्रै यसरी लुटिए

समयपोष्ट २०७५ साउन १० गते ६:१९

काठमाडौँको गोङ्गबुमा सुन ब्यापारी लुटिएका छन् । बुधबार राति गोगंबुस्थित राप्ती पाहुना घरबाट दाङका ब्यापारी खड्ग बहादुर सुनारको एक किलो सुन र २ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम लुटिएको हो ।

Advertisement

पाँच दिनदेखि होटेलको कोठा बुकिङ गरी बस्दै आएका व्यापारी सुनारलाई साँझ ७ बजेतिर तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिले लुटेर फरार भएका थिए । दाङमा सुनचाँदीको व्यवसाय गर्दै आएका सुनारले बुधबार मात्र न्युरोडमा रहेको सिद्धार्थ बैंकबाट एक किलो सुन निकालेका थिए । घटनाको बिषयमा अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री