शनिबार, १५ वैशाख २०८१

काठमाडौँ आईपुग्यो निगमको दोस्रो वाइडबडी विमान ‘मकालु’

समयपोष्ट २०७५ साउन १० गते ४:५१

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

Advertisement

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि ९ बजेर २१ मिनेट जाँदा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आउनुभएको हो ।

विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गर्नुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री