शनिबार, १५ वैशाख २०८१

श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

समयपोष्ट २०७५ साउन ९ गते ६:५४

यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएइका राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ ।

Advertisement

मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ ।

यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताउनुभयो ।

यूएइको माग र आवश्यकताअनुुरुप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूूर्तिका सम्भावनाबारे आगामी दिनमा सघनरुपमा द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न उपयुक्त हुने उहाँले स्पष्ट पार्नुभयो ।

यूएइमा डाक्टर, इञ्जिनियर, नर्सलगायतका दक्ष जनशक्तिका लागि उच्च पारिश्रमिकको अवसर रहेको राजदूत न्यावीले बताउनुभयो । भेटमा उहाँले गन्तव्य मुलुुकको आवश्यकताअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली श्रमिकको उत्पादकत्व अभिवृद्धि गरी स्वदेशमा नै स्वरोजगारीका अवसर वृद्धि गर्ने मन्त्रालयको प्राथमिकतामा यूएइ सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहनेसमेत आश्वस्त पार्नुभयो ।

सो अवसरमा नेपाली श्रमिकका लागि यूएइमा रोजगारीका थप अवसरको सम्भावना, दुुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुुपर्ने सुधारका क्षेत्र तथा यूएइमा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षालगायतका विषयमा छलफल भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री