शनिबार, १५ वैशाख २०८१

सांसद जसले कृष्ण भगवानको प्रेरणा भन्दै हाट बजारबाट यसरी भित्राए ५८ श्रीमती

समयपोष्ट २०७५ साउन ९ गते ६:१४

भारतको झारखण्ड राज्यबाट ५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका एक व्यक्तिले जीवनमा ५८ वटी महिलासँग विवाह गरेको खुलेको छ । बागुन सुम्ब्रुइ नामका व्यक्तिले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन ।

Advertisement

यस्ता कीर्तिमानी सांसदको गत जून २२ मा मृत्यु भएको छ । झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ । श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे । जीवनमा धेरै महिलासँग बिहे गर्नुको एउटा कारण बताइरहन्थे उनी । भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् अरे । तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ ।

उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे ।

त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए । त्यसैले उनलाई कुनै महिला आफ्नो जीवनमा आउने र छाडेर जाने कुराप्रति कुनै गुनासो रहेन । अनि आउने जाने सबै महिलाको नाम सम्झना गर्न पनि छाडे ।

बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री