बिहीबार, ६ वैशाख २०८१

ऐश्वर्या र अभिषेकबीच सुमधुर छैन सम्बन्ध

समयपोष्ट २०७५ साउन ९ गते ५:५८

ऐश्वर्या राय र अभिषेक बच्चन बीचको सम्बन्ध कस्तो होला ? झट् हेर्दा लाग्न सक्छ उनीहरुबीच कहिल मनमुटाव हुँदैन । तर आम मानिसले आँकलन गरेजस्तो त्यति धेरै सुमधुर छैन उनीहरुबीचको सम्बन्ध ।

Advertisement

केही समयअगाडि एउटा अवार्ड समारोहमा ऐश्वर्या र अभिषेकको मनमुटाब छताछुल्ल बनेको थियो । पत्रकारहरुले यो जोडीलाई संयुक्त फोटोसेसनका लागि आग्रह गर्दा अभिषेक फन्किएर एक्लै हिँडेका थिए । यस्तै हाल उनीहरुको नयाँ भिडियो भाइरल बनेको छ ।

हालै उनीहरु पेरिसमा छुट्टि मनाएर फर्किँदा एयरपोर्टमा खिचिएको भिडियो हो यो । एयरपोर्टबाट बाहिर निस्किँदै गर्दा ऐश्वर्याले छोरीलाई हात समातेर डोर्‍याइरहेकी हुन्छिन् भने अभिषेक अघिअघि हुन्छन् । अगाडि क्यामराहरु देखेपछि उनी पनि छोरीको हात समाउन रोकिन्छन् । तर ऐश्वर्याले भने उनलाई छोरीको हात समाउन नदिएर अर्कोतिर सार्छिन् । अभिषेक जिल्ल पर्छन् ।

यो दृष्य हेर्दा यी दम्पत्तीबीच छोरीको विषयमा ठूलै मनमुटाब भएजस्तो देखिन्छ । उनीहरुकी छोरी आराध्या आमासँग बढि नजिक छिन् । यद्यपि, मिडियाका अगाडि अभिषेक आफूसँग छोरी नजिक रहेको देखाउन चाहन्छन् ।

ऐश्वर्याले छोरीलाई लिएर पेरिस पुग्दा अभिषेक भने बाबु अमिताभसँग रुसमा विश्वकप हेर्न पुगेका थिए । विश्वकप सकिएपछि उनी पनि पेरिस गएका थिए । त्यहाँबाट उनीहरु सँगै फर्केका हुन् ।

उनीहरुको तिक्तताको खबर मिडियामा आएपछि अभिषेकले खन्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरुबीच राम्रो सम्वन्ध रहेको दावी गरेका हुन् ।

अभिषेकले लेखेका छन्, ‘अनलाइन मिडियालाई लगातार समाचार दिनुपर्ने दवाव छ भन्दैमा जे पायो त्यही लेख्न मिल्दैन । कृपया झूटा समाचार लेख्न बन्द गरौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री