शुक्रबार, १४ वैशाख २०८१

रुँदैरुँदै सिंहदरबारबाट विदा भए कानुनमन्त्री

समयपोष्ट २०७५ साउन ८ गते ९:४८

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले राजीनामाको घोषणा गरे । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राबारे अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका तामाङले सिंहदरवारमा रुदै रुदै राजीनामा दिए ।

Advertisement

पत्रकार सम्मेलनमा मन्त्री तामाङले काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए । उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए ।

कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए । उनले आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको बताए ।

मौकिल हक सम्बन्धी १५ वटा कानुन कानुन मन्त्रालयबाट अगाडि बढेको पनि उनले बताए । उनले आफु भावुक मान्छे रहेको र जनतालाई शिरमा राखेर काम गरेको बताए ।

उनले कसैलाई समाप्त गर्ने उदेश्यले आफुले काम नगरेको बताए । उनले राज्यका सवै अंगमा भ्रष्ट्राचार अन्त्यबारे आफु बोलेको पनि बताए ।

महिलाप्रति आफु संवेदनशिल रहेको बताए । बंगलादेशमा पढ्ने छोरी हिंसामा परेको सुनेपछि भावनात्मक रुपमा बोलेको उनले बताए ।

उनले गलत र षडयन्त्रमुलक समाचार आएकोमा दुखी भएको पनि बताए । उनले सरकारको सफलताका लागि आफुले सक्दो काम गर्ने पनि बताए ।

उनी चैत्र ३ गते मन्त्री भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री