शुक्रबार, १६ चैत २०८०

लक्ष्मी बैंकले गर्यो एकसाथ पाँच स्थानमा नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ साउन ८ गते ७:२०

लक्ष्मी बैंकले एक साथ पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले मंगलबार सोलुखुम्बुको दुधकौसिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा शाखा विस्तार गरेको हो ।

Advertisement

नयाँ शाखा विस्तारसंगै बैंकको शाखा संजाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

बैंकले सुविधाजनक नयाँ निक्षेप योजना, विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथै ब्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी ब्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा फराकिलो पार्दै लैजाने लक्ष्य लिएको छ ।

बैंकले साना व्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री