शनिबार, ८ वैशाख २०८१

सय रुपैयाँ क्षतिपूर्ति भराउन अदालतमा निवेदन,जारी भयो ३५ दिने म्याद

समयपोष्ट २०७५ साउन ८ गते २:११

क्षतिपूर्तिबापतको एक सय रुपैयाँ भराउन विराटनगर महानगरपालिका–५ की इन्दिरा चापागाईंले जिल्ला अदालत, मोरङमा निवेदन दिएकी छिन् । अदालतको फैसला कार्यान्वयमा ढिलाइ भएपछि चापागार्इंले निवेदन दिएको बताइन् ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,विराटनगर–४ बरगाछीस्थित गोग्राहा माविकी व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चापागाईंले तत्कालीन प्रधानाध्यापक विष्णुबहादुर भुजेलले गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दिएकी थिइन् । २०७२ मा दर्ता गरिएको मुद्दामा ३ चैत, २०७३ मा जिल्ला अदालतले र गत २२ फागुनमा उच्च अदालतले चापागाईको पक्षमा फैसला गरेको थियो । उच्च अदालतको फैसलामा विराटनगर–५ का भुजेललाई क्षतिपूर्ति वाफत एकसय रुपैयाँ सजाय तोकिएको छ ।

त्यही फैसला छिटो कार्यान्यन गराउन माग गर्दै चापागाईले जिल्ला अदालतको फैसला कार्यान्व्यन गराउने तहसिल शाखामा निवेदन दिएकी हुन् ।

एक सय रुपैयाँ क्षतिपूर्ति भराउन माग गर्दै वादी पक्षले निवेदन दिएपछि अदालते प्रतिवादीलाई फैसलाअनुसारको क्षतिपुर्ति बुझाउन ३५ दिने म्याद पूर्जी जारी गरेको तहसिलदार केदारप्रसाद गौतमले बताए । उनका अनुसार, त्यो म्यादभित्र एक सय रुपैयाँ नबुझाएमा अदालतले सात दिने म्याद पूर्जी जारी गरेर पक्राउ गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री