शनिबार, १५ वैशाख २०८१

‘लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि सम्झिनू’

समयपोष्ट २०७५ साउन ७ गते १२:०४

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गरेका हुन् ।

Advertisement

उनले लेखेका छन्, `लासको राजनीति´ आरोप लगाउनुअघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !!’

शर्माले डा. केसीले अनसन नबसेर के बन्दुक उठाउनुपर्थ्यो कि भनेर पनि प्रश्न गरेका छन् ।

सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले नेपाली कांग्रेसलाई अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर लासको राजनीति गर्न खोजेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री