शनिबार, १५ वैशाख २०८१

नयाँ नेपाल लघुवित्तको हकप्रदपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७५ साउन ७ गते १०:४५

नेप्सेमा नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको छ । सोमबार नेप्सेले प्रतिकित्ता ६१० रुपैयाँ २९ पैसामा लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ ।

Advertisement

लघुवित्तको १८० दिनको सेयर कारोबारका आधारकमा औसत आधारमूल्य ९६८ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।

कम्पनीले साउन २७ गतेदेखि एनएमबि क्यापिटल मार्फत एक बराबर २.५ कित्ता अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्देछ । हकप्रदमा साउन ६ गते आइतबारसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री