शनिबार, १५ वैशाख २०८१

‘सस्तो लोकप्रियताको लागि महाअभियोग लगाउने पार्टीको समर्थनमा सडकमा निस्किने’?

समयपोष्ट २०७५ साउन ७ गते ७:०७

नेकपाकी सांसद नविना लामाले पूर्वप्रधानन्यायधीश शुशिला कार्कीले दिएको अभिब्यक्तिको खण्डन गरेकी छिन् । कार्कीले डा. गोविन्द केसीको माग पुरा नभए देशमा आगो बाल्ने चेतावनी दिएसँगै लामाले सामाजीक सञ्जाल मार्फत त्यसको प्रतिवाद गरेकी हुन् ।

Advertisement

लामाले लेखेकी छिन्, ‘तत्कालीन समाननिय प्रधान न्यायाधीश श्री शुशिला कार्की ज्यु!!एउटा महिला देश को सर्बोच्च पदमा पुग्द खुशी र गर्व लाग्ने मान्छे म !!! देशको प्रधानमन्त्री,मन्त्री कति पढेको हुनु पर्छरु किन पड़न पाएनन ? कति वष जेल बसीयो भनेर कानुनको कुन धारामा लेखेको छ त्यो कुरा हजुरलाई थाहा नै होला । कहाँ कस्तो सम्बोधन गर्ने यो बिषयमा पनि हजुर जति जानकार हामी छैनौ देशभित्रका ब्यथिती शिक्षा स्वास्थ्यलागयतका मुद्दामा आमूल परिवर्तन अनिवार्य छ भनेर हामी आज भन्दा लामो बर्ष अघि देखि आन्दोलन गर्दै आएका छौ तपाई जतिको मानिसले जनतालाइ आगो बाल्न सडकमा आउनुस भन्ने कुरा कदापी उचित हुनसक्दैन । एउटा रास्ट्रभित्र गुणस्तरीय शिक्षा दिन्छु भन्ने कुरा पनि नराम्रो होइन बरु तेसको ब्यबस्थापन पक्ष उपयुक्त हुन्छ !!!’

साथै उनले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गराउन पहल गर्न पनि आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, ‘सबै मेडिकल क्षेत्रलाइ रास्ट्रियकरण गरौं भनेर किन भन्न नस्क्ने ? प्रत्येक प्रदेशमा एउटा आधुनिक सरकारी अस्पताल तुरुन्त कार्यान्वयन गर ? शिक्षामा व्यापारीक़रणको विरोध किन बोल्दैन ? तपाई सम्मानित गरिमा बोकेको संस्थाको सर्बोच्च पदमा पुगेको मान्छे एउटा ब्यक्ती अथवा तपाईलाई महाअभियोग लगाउने पार्टीको समर्थनमा सडकमा निस्किएर सस्तो लोकप्रीय त होइन ? तपाई उक्त पदमा हुदा कति जना माफिया दलालहरुलाई कानुनको कठघरामा उभ्याउन सक्नु भयो । शिक्षा स्वास्थ खानेपानी पुर्वाधार बिकासमा भएका हाल सम्मका घटनाका कति जना दोषीलाई कारवाहीको दायरा ल्याउनु भयो ?? तेस्को पनि विवरण जान्न चाहान्छु । यो मैले कुनै सदन वा सरकारको बचाउका लागि बोलेको कुरा होइन यो सडकबाट एउटा बिद्यार्थी नेताको हैसियतले तपाईलाई अनुरोध छ । बरु परिस्थितिलाई सहजता तर्फ लैजान सहजकर्ताको भुमिका निर्वाह गर्नुको साटो सडकबाट उत्तेजना फैलाउने कार्य कदापी राम्रो हुन सक्दैन श्रीमान ??’

प्रतिक्रिया

सम्बन्धित सामाग्री