बिहीबार, १३ वैशाख २०८१

साइबर क्राईमः अनुसन्धान गर्न छुट्टै व्युरो

समयपोष्ट २०७५ साउन ७ गते २:२७

साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ ।

Advertisement

आजको नयाँ पत्रिकामा खबर छ,साइबर क्राइम व्यूरो सीसीबी र ह्यूमन ट्राफिकिङ व्यूरो एचटीबी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन हुनेछन् ।

संसारका कुनै पनि कुनाबाट अपराध हुनसक्छ । दुवै व्युरोले अनुसन्धानको दायरा विश्वभर पुर्याउन सक्नेछन् ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने — सरकारले स्वीकृति दिईसक्यो । नेपाल प्रहरीले आवश्क नीति नियम बनाउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री