सर्वोच्चले उल्टायो सरकारको अर्को निणर्य

निकिता पौडेलको चलचित्र विकास बोर्डमा पूर्नबहाली भएको छ । सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । यससंगै निकिताको चलचित्र विकास बोर्डमा पूर्नबहाली हुने भएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् । निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री