‘धर्म माँस्नेहरुको भलो हुँदैन, गणतन्त्र गन्धमा परिणत भयो, अव राजतन्त्रको पुनर्स्थापना गर्छौ’

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन ।

Advertisement

उनले भने,‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर पुरानै छ, यो झण्डा उचालेर हामीले देशमा राजतन्त्रको पुनस्र्थापना गर्नेछौं, सबैलाई हाम्रो अभियानमा लागेर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को सरकार आगामी माघसम्ममात्रै टिक्ने दाबी गरेका छन् ।

उनले भने,‘अधिनायकवादीहरुले जनतामाथि कुठाराघात गर्दैछन्, ०४६ सालपछि गुम्दै गएको राष्ट्रियता पहिचान जोगाउनु आजको आवश्यकता हो, ओलीको अधिनायवादी चरित्रको सरकारको आयु धेरै टिक्ने मैले देखेको छैन्, संविधान त पूर्ण रुपमा केही नेता र राजनीतिक दलहरुको भलाईको निम्ति ल्याईएको छ, यो संविधान पुनःलेखन सभाको माग गर्दै हामी सडकमा आएका छौं, देशमा भ्रष्टाचार, अत्याचारले जरा गाडेको स्थिति छ ।’
कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् ।

संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै महासचिव भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन् ।

Advertisement

उनले भनिन्,‘संघीयता विकासको आधार होईन हाम्रोजस्तो देशमा विकासको बाधक पनि हो, संघीयता नभएका विश्वका धेरै देशहरु विकसित छन, यूरोपियन देशहरुमा बेलायतकी महारानीलाई मानार्थ महारानीको रुपमा स्वीकार गरेका छन्, हाम्रो देशले आफ्नो देशको राजालाई समेत स्वीकार गर्न सकेन ।’

बिदेशीको इशारामा संघीयता लादेको भन्दै भण्डारीले थपिन्,‘स्वीट्जरल्याण्डमा सबैभन्दा पहिले तीनवटा जर्मन भाषी देशहरु मिलेर संघीयता सूरु गरेका थिए, त्यसपछि अमेरिकामा १८७९ मा १३ देशहरु मिलेर संघीयताको कार्यन्वयन गरेका छन्, हाम्रो देशमा पाँचवटा विकास क्षेत्र थिए, त्यसलाई टुक्राएर ७ वटा बनाईएको छ, यो बेल्कुल ठिक छैन ।’

कार्यक्रममा सुष्मा बराल, घनेन्द्र बस्नेत, भुवनेश्वर थापा लगायतले आफ्ना कुराहरु राखेका थिए भने गठबन्धनका महासचिव चक्रदेव जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री