पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियमलार्इ बेलायतबाट फर्कदै गर्दा विमानस्थलबाटै गिरफ्तार गरियो । स्वस्थ परिक्षण पछि उनीहरुलार्इ रावलपिण्डीको अडियाला जेलमा राखिएको छ । अब पूर्व प्रधानमन्त्री सरिफले १० वर्ष र छोरी मरियमले ७ वर्ष जेल जीवन बिताउनु पर्नेछ ।
जेलमा दुबैलार्इ फरक फरक कक्षमा राखिएको छ । उनीहरुले दुबैले कैदिले जस्तै कपडा लगाउनुपर्नेे छ । जेल कानुन अनुसार जेल अधिकारीले हरेक कैदिलाई कुनै न कुनै काम लगाउनुपर्ने बाध्यता रहेको छ । जसअनुसार बगैँचामा फूलबारी गोड्ने, कैदिलाई पढाउने, भान्साकोठा सरसफाई गर्ने र अवस्था हेरेर जुनसकुै काम गर्नुपर्ने हुन्छ । कैदीलाई कुनै पनि बिदाको व्यवस्था हुँदैन । राम्रो काम गर्ने कैदीको सजायँ मिनाहा हुँदै जाने व्यवस्था रहेको छ ।

पूर्व प्रधानमन्त्रीको नाताले नवाज सरिफलाई ए दर्जा र छोरी मरियमलाई बी दर्जामा राखिएको छ । पाकिस्तानमा रहेको ४२ जेलमध्ये पञ्जाब र रावलपिण्डीमा कैदीको दर्जा छुट्याउने प्रवन्ध रहेको छ ।
जेलमा ए, बी, सी दर्जा दिएर कैदीलाई राख्ने गरिएको छ । सी दर्जामा ज्यान मार्ने, चोरी, डकैती, लडाईँ झगडामा सजायँ सुनाइएका व्यक्ति राखिन्छ ।
बी दर्जामा ज्यान मार्ने, लडाईँझगडामा संलग्न जो ठूलो खानदानका हुन्छन्उनीहरुलाई राखिन्छ ।
ए दर्जामा उच्च सरकारी अधिकारी, मन्त्री र ठूलो रकममा कर तिर्नेलाई राखिन्छ । जेल कानुन अनुसार ए दर्जामा दुईवटा कोठा दिइन्छ । कैदीका लागि एअरकन्डिसन, फ्रिज, टेलिभिजनको व्यवस्था हुन्छ । आफैले खाना पकाएर खाने व्यवस्था पनि हुन्छ । काम सघाउनका लागि दुई जना सहयोगी कैदी पनि दिने गरेको पाइन्छ ।
बी दर्जाका कैदीलाई एउटा कोठा र सहयोगी कैदी दिने व्यवस्था रहेको छ । हाल जेलमा सुरक्षा संयन्त्रलाई बलियो बनाइएको छ । बीबीसी








प्रतिक्रिया