रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ ।
विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ ।
विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास रच्ला वा फ्रान्सले उपाधी जित्दै सन् १९९८ को सफलतालाई दोहो¥याउँला ? प्रतिक्षाको विषय बनेको छ ।
नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा खेल सुरु हुनेछ । अर्जेन्टिनी रेफ्री निस्टोर फबियाना पिटानाले यो खेल खेलाउनेछन् । जारी विश्वकपमा उनले खेलाउन लागेको यो पाँचौ खेल हुनेछ । एसिस्टेन्ट रेफ्री एच मेडाना र जे बिलाटीले उनलाई साथ दिनेछन् ।







प्रतिक्रिया