प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गरे । उनले भने ‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारमा ठूलो योगदान पुर्याउनु भएको छ’ ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्त्व रहेको बताए । प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने बताए ।







प्रतिक्रिया