शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा, अाकस्मिक बाहेक सबै सेवा ठप्प

प्राध्यापक डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका आवासीय डाक्टरहरु हडतालमा उत्रिएका छन् ।

आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा नदिने निर्णय गर्दै हड्ताल थालिएको हो ।

Advertisement

स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औँ दिन भइसक्दा पनि उनको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर हड्ताल गर्नुपरेको एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गरेको बिज्ञप्तीमा उललेख छ ।

आवासीय बाहेकका डाक्टरले भने नियमित रुपमा सेवा दिइरहेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनमा बसेका डाक्टर केशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि सरकार गम्भीर नबनेकाले दबाब दिन सेवा बहिष्कार गरिएको एनआरडीएले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री