शेयर बजारले मौद्रिक नीतिलाई पत्याएन, दोहोरो अंकको गिरावट

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा गिरावट देखिन थालेको छ।

बिहीबार शेयर बजार १३.६६ अंकले घटेको छ। १.१३ प्रतिशतले घटेको शेयर बजारमा ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक तथा उपसूचक ओरालो लागेका छन्। आज सबैभन्दा धेरै लक्ष्मी बैंकको ६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।

Advertisement

कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागवेली लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री