भोलि किन अवरुद्ध हुँदैछ ‘१००’ नम्बर सेवा
समयपोष्ट
२०८२ साउन १३ गते २१:१६
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इमरजेन्सी नम्बर १०० को सेवा अवरुद्ध हुने जनाएको छ। कार्यालयले मङ्गलबार जारी गरेको सूचनाअनुसार भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भार कार्यका कारण यो सेवा प्रभावित हुनेछ।
प्रहरीले उक्त अवधिमा आपतकालीन सहायताका लागि वैकल्पिक नम्बरहरू प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रतिक्रिया