प्रतितोला २ हजार ४०० रुपैयाँ घट्यो सुनको मुल्य
समयपोष्ट
२०८२ साउन ८ गते १०:४८
सुनको मूल्य घटेको छ ।
बिहीबार सुन तोलामा २ हजार ४०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया