सोमबार, २३ असार २०८२

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

समयपोष्ट २०८२ असार २२ गते ८:४६

Advertisement

भोजपुर नगरपालिका-२, धोद्लेखानीमा गएराति एकै परिवारका चार सदस्यको क्रूर हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, रामप्रसाद राई गाउँपालिकाका राजेन्द्र राईले आफ्नी सासू, ससुरा, श्रीमती र सालाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

घटना गएराति सवा १ बजे भएको थियो। अभियुक्त राईले हत्यापछि आफैँले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली तत्काल घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, अभियुक्त राजेन्द्र राईलाई नियन्त्रणमा लिइसकिएको छ। प्रारम्भिक अनुसन्धानमा राईको पेटमा पनि चोट देखिएको छ। उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री