कुमारी बैंकको ११.७९% निश्चित ब्याजदरमा आकर्षक घर कर्जा
समयपोष्ट
२०८० असार २९ गते २०:१७

कुमारी बैंक लिमिटेडले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा ल्याएको छ ।
योजना अनुसार सेवाग्राहिहरुले ११.७९% निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन । यस घर कर्जा योजनामा पहिलो ७ वर्ष सम्म ब्याजदर निश्चित रहने छ । ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घरर अपार्टमेन्ट खरिद गर्न ,घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन्।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ ए।टि।एम। तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



























प्रतिक्रिया