आइतबार, ३० वैशाख २०८१

१२ करोडसम्म सेयर कर्जा सुविधा पाईने

समयपोष्ट २०७९ साउन ६ गते १६:५३

Advertisement

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रति बैंकको सीमामा संशोधन गरेको छ ।

यससंगै अब प्रति व्यक्ति १२ करोडसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।

साथै ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा तोकिएको सिमाभित्र ल्याउन २०७९ असार मसान्तसममको समयाअवधि प्रदान भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री