बुधबार, २६ वैशाख २०८१

जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब माथि

समयपोष्ट २०७९ साउन ५ गते ९:११

Advertisement

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ मा ९७ अर्ब ४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले २८ अर्ब एक करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको एलआईसी नेपालले नविकरण बीमा शुल्क १५ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १५.५६ प्रतिशत छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफको ९ अर्ब ४४ करोड रुपैयाँ छ । जसको बजार हिस्सा ९.७३ प्रतिशत छ । चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थाको ७ अर्ब ५१ करोड रुपैयाँ छ । राष्ट्र सेवक कर्मचारीका कारण कम्पनीको नविकरण बीमा शुल्क आर्जन धेरै देखिने गरेको छ ।

पाँचौ स्थानमा रहेको युनियनको ५ अर्ब ४० करोड रुपैयाँ छ । कुल तर्फ बजार हिस्सा ५.८२ प्रतिशत बजार हिस्सा रहेको यस कम्पनीको नविकरण तर्फ भने ५.५७ प्रतिशत छ ।

Advertisement

एशियन लाइफको ४ अर्ब ७३ करोड, मेट लाइफको तीन अर्ब ७६ करोड, प्राइम लाइफको तीन अर्ब ३२ करोड, सूर्या लाइफको तीन अर्ब, सिटिजन लाइफको २ अर्ब ६६ करोड, गुराँस लाइफको २ अर्ब ४३ करोड, आइएमई लाइफको एक अर्ब ९९ करोड, ज्योति लाइफको एक अर्ब ९५ करोड, रिलायन्स लाइफको एक अर्ब ७० करोड, रिलायबल नेपाल लाइफको एक अर्ब ५४ करोड, सन नेपाल लाइफको एक अर्ब ४६ करोड, सानिमा लाइफको एक अर्ब २९ करोड, प्रभु लाइफको ९४ करोड र महालक्ष्मी लाइफको ७३ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री